
कास्की । पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो । नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
खेलको ४२औँ मिनेटमा उज्वेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाए । उनले फ्री किकमा गोल गर्न सफल भएका हुन् । खेलको ५९औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे ।

खेलको ७४औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो । प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले रु छ लाख एक हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पायो । एमभिपी अवार्ड ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले पाएका छन् । उनी सर्वाधिक गोलकर्तासमेत बनेका हुन् । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदै जनही नगद रु २५ हजार र मेडल पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको च्याम्पियन टोली र विधातगत रूपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख विनाकुमारी थापा, मुख्य प्रायोजकका तर्फबाट हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसी, निर्देशक किरण केसीलगायतले पुरस्कार वितरण गर्नुभयो ।
गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ