पोखरा । सहारा यूकेको आर्थिक सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङ गाउँमा निर्मित बोर्ड उद्घाटन गरिएको छ ।

शुक्रबार एक समारोहबीच तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले ‘ल्वाङ भिलेज’ बोर्डको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा पञ्चेबाजासमेत घन्काइएको थियो । बोर्ड सहारा यूकेको नेतृत्वमा संकलित रकमबाट सन् २०२४ मा निर्माण गरिएको हो । जसको समन्वय ल्वाङ गाउँ होम स्टे समितिले गरेको थियो ।
बोर्ड निर्माणका लागि सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले ३० हजार रुपैयाँ,तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ (हाल निवर्तमान), पूर्व अध्यक्ष रामचन्द्र गुरुङ,सल्लाहकार चन्द्र गुरुङ, ल्वाङ घर भई बेलायत निवासी सविन्द्र कुमार गुरुङ र तारा गुरुङ दम्पती, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङले २५/२५ हजार, सहारा यूकेका पूर्वअध्यक्ष मिन साइँला गुरुङ, सार्दि खोला समाज यूकेका अध्यक्ष अमृत गुरुङले २०/२० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै सहारा यूकेका सल्लाहकार कृष्ण गुरुङले १८ हजार सहयोग गर्दा पूर्वअध्यक्ष कुमार गुरुङ,उपाध्यक्ष शारदा गुरुङ र शिव कल्चर कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराईले १५/१५ हजार सहयोग दिएका निर्माण समितिले जनाएको छ ।
सहारा यूकेका पूर्वमहासचिव मनोज गुरुङ ११ हजार, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ १० हजार ५ सय, तानचोक पङ्गीलामा यूकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङले १० हजार १ सय, डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष योगेश र मिना गुरुङ दम्पतीबाट १० हजार ८७ रुपैयाँ,सहारा यूकेका पूर्वअध्यक्ष लेरि कुसाङ गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ १० हजार, तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सपन इन्टरटेन्टमेन्ट लिमिटेडकी मन्जु गुरुङ राई, सहारा यूकेका सहकोषाध्यक्ष जगन गुरुङ, कार्यसमिति सदस्य अजय थापा, सदस्य भोज गुरुङ, दिल गुरुङ, देव गुरुङ, तमु धीं यूके आमा समूहकी पूर्वमहासचिव अशोक/यशोदा गुरुङ,देउराली ट्राभलका गोलमान गुरुङ र रोधी टीभीकी सञ्चालिका बालकाशी गुरुङले १०/१० हजार रुपैयाँ सहयोग गरेको चन्दादाताहरुको सूचीमा उल्लेख छ ।
यसैगरी तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ ९ हजार, धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, ८ हजार ८५३, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङ ७ हजार, सहारा यूकेका सदस्य कुमार गुरुङ ६ हजार ६ सय, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले ५ हजार १ सय र एभरेस्ट टाइम्स यूकेले ५ हजार सहयोग गरेको समितिले जनाएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वमा भ्रमण टोली बिहीबार ल्वाङ गाउँ पुगेको हो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी