
पर्वत । डा. विशाल गुरुङ अध्यक्ष रहेको रेज होप युकेको आर्थिक सहयोगमा पर्वतमा तीन दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको शिविरमा १ सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
पर्वत सक्रिय लायन्स क्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो । आँखा शिविरका लागि बेलायतमा च्यारिटी आयोजना गरेर रकम संकलन गरिएको थियो ।
यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । उनीहरुमध्येबाट १५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको डा विशाल गुरुङले जानकारी दिनुभयो ।
दुई वर्षदेखि बिसौँ वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा