
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा मंगलबारदेखि राजधानी बाहिरको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रियअन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुग्न सफल भयो । पुलिसका उज्ज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा नै छाप छोड्न सफल रहेको बताउँदै पर्यटनको सहर राजधानीलाई खेलकुदको माध्यमबाट चिनाउन अहम् भूमिका खेलेको बताउनुभयो ।
प्रतियोगिता उद्घाटनका अवसरमा सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान नेपाली टोलीका रक्षक सनिष श्रेष्ठलाई प्रदान गरिएको थियो । महानगर प्रमुख आचार्यले नगद रु ५० हजार पाँच सय पाँच र सम्मानपत्रबाट उहाँलाई सम्मान गर्नुभयो । तनहुँको पुर्कोटका सनिष विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आउनुभएको छ ।

चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी छन् । यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरूको फुटबल प्रशिक्षणसँगै निःशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरू आश्रित रहेका छन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ