काठमाडौँ । बेलायतसहित १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ ।

नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ । एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।एक्स्पोअन्तर्गत शुक्रबारा परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ ।
अन्तर्राष्ट्रिय कलाबारे जान्न कार्यशाला नेपाली कलाकारका उपयोगी हुने विश्वास एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले व्यक्त गर्नुभएको छ ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा