लन्डन । बेलायतवासी समाजसेवी छविमाया पुनको प्रस्तुतिमा रहेको नयाँ म्युजिक भिडियो ‘सोल्टिनी सोल्टिज्यू’ (कौरा गीत) को १९ जनवरी २०२५ मा विमोचन गरिएको छ ।

अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार ‘विमोचन समारोह तथा बिदाइ कार्यक्रम’ आयोजना गरी माईथाने इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट सोल्टिनी सोल्टीज्यूको रिलिज गरिएको हो । छविमाया पुन बागलुङ समाज यूकेकी निवर्तमान अध्यक्ष एवं मगर संघ यूकेकी निवर्तमान उपाध्यक्ष हुन् ।
कार्यक्रम ज्येष्ठ नागरिक र छविमायाले बत्ति बालेर उद्घाटन गरिएको थियो । त्यसक्रममा सोल्टिनी सोल्टीज्यू लेखिएको केक समेत काटिएको थियो ।
माईथाने इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा छविमाया पुन, कलाकार, प्राविधिक, प्रायोजक, सहयोगी, मिडियाकर्मीलगायतलाई सम्मान गरिएको थियो । दीपक थापा माइथानेले समाजसेवी छविलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यस्तै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि प्रचारप्रसारको भूमिका खेलेकोमा मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त म्युजिक भिडियो अमित श्रेष्ठलगायतले सञ्चालन गरेको सुसी मोटो रेस्टुरेन्टमै भिडियो छायांकन गरिएको थियो । गीतमा अनु चौधरी र दीपक घर्तीमगरले स्वर दिएका छन् भने शब्द रचना दीपक थापा मइथाने मगर र सिद्धार्थ आलेमगरले गरेका छन् ।
कम्पोज दीपक घर्तीमगर, क्यामेरा खगेन्द्र ठकुरी, दीपक घर्तीमगर, कोरियोग्राफर शेखर घर्तीमगरले भूमिका खेलेका छन् ।
पुरुष कलाकारहरुमा सोम राना मगर, दिनेश थापामगर, बुद्धि सारु मगर, बोम थापालगायत छन् । प्रोडक्सन म्यानेजर प्रकाश राना मगर रहेका छन् ।
यस्तै महिला कलाकारहरुमा करिष्मा थापा, पारु सूर्यवंशी, रिया रोका मगर, मनसुन सरु मगर, अस्मीता मगर, सुजी मगर, मिलन थापामगर, सीमा मगरलगायतले नृत्य गरेका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता