लन्डन । बेलायतवासी समाजसेवी छविमाया पुनको प्रस्तुतिमा रहेको नयाँ म्युजिक भिडियो ‘सोल्टिनी सोल्टिज्यू’ (कौरा गीत) को १९ जनवरी २०२५ मा विमोचन गरिएको छ ।

अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार ‘विमोचन समारोह तथा बिदाइ कार्यक्रम’ आयोजना गरी माईथाने इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट सोल्टिनी सोल्टीज्यूको रिलिज गरिएको हो । छविमाया पुन बागलुङ समाज यूकेकी निवर्तमान अध्यक्ष एवं मगर संघ यूकेकी निवर्तमान उपाध्यक्ष हुन् ।
कार्यक्रम ज्येष्ठ नागरिक र छविमायाले बत्ति बालेर उद्घाटन गरिएको थियो । त्यसक्रममा सोल्टिनी सोल्टीज्यू लेखिएको केक समेत काटिएको थियो ।
माईथाने इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा छविमाया पुन, कलाकार, प्राविधिक, प्रायोजक, सहयोगी, मिडियाकर्मीलगायतलाई सम्मान गरिएको थियो । दीपक थापा माइथानेले समाजसेवी छविलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यस्तै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि प्रचारप्रसारको भूमिका खेलेकोमा मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त म्युजिक भिडियो अमित श्रेष्ठलगायतले सञ्चालन गरेको सुसी मोटो रेस्टुरेन्टमै भिडियो छायांकन गरिएको थियो । गीतमा अनु चौधरी र दीपक घर्तीमगरले स्वर दिएका छन् भने शब्द रचना दीपक थापा मइथाने मगर र सिद्धार्थ आलेमगरले गरेका छन् ।
कम्पोज दीपक घर्तीमगर, क्यामेरा खगेन्द्र ठकुरी, दीपक घर्तीमगर, कोरियोग्राफर शेखर घर्तीमगरले भूमिका खेलेका छन् ।
पुरुष कलाकारहरुमा सोम राना मगर, दिनेश थापामगर, बुद्धि सारु मगर, बोम थापालगायत छन् । प्रोडक्सन म्यानेजर प्रकाश राना मगर रहेका छन् ।
यस्तै महिला कलाकारहरुमा करिष्मा थापा, पारु सूर्यवंशी, रिया रोका मगर, मनसुन सरु मगर, अस्मीता मगर, सुजी मगर, मिलन थापामगर, सीमा मगरलगायतले नृत्य गरेका छन् ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी