काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष र महिला टोली उपविजेतामै सीमित भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनल खेलमा नेपाली टोलीहरु भारतसँग पराजित भएका हुन् । नेपाली पुरुष टिम ५४–३६ स्कोरले पराजित भएको हो भने महिला टिम ७८–४० अङ्कले पराजित भएको हो ।
यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अंकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा