
लन्डन । नेपाली दूतावास लन्डनले आउँदो फेब्रुअरी १ देखि ३ तारिखसम्म स्कटल्यान्डमा घुम्ती सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
दूतावासबाट प्रदान गरिने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन, एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ । दूतावासले निकालेको सूचनाअनुसार एवर्डिनमा सन् २०२५ फेब्रुअरी १ तारिख शनिबार दिउँसो ४ बजेदेखि साँझसम्म, एडिनबरामा फेब्रुअरी २ तारिख आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म र ग्लास्गोमा फेब्रुअरी ३ तारिख सोमबार १० देखि दिउँसो २ बजेसम्म कन्सुलर सेवा शिविर संचालन हुनेछ ।
कन्सुलर सेवामा सन् २०२६ फेब्रुअरीसम्म बहाल रहेका राहदानीको नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा तथा गैरआवासीय नेपाली परिचयपत्रजस्ता सेवा उपलब्ध हुनेछन् । ती सेवा लिनका लागि आवश्यक पर्ने कागजात, शुल्क र प्रक्रियाबारे दूतावसको वेबसाइटमा उल्लेख गरिएको छ ।
निर्धारित समयमा उपस्थित भइ आवश्यक सेवा सुविधा लिन दूतावासले सम्पूर्ण स्कटल्यान्डवासीलाई आग्रह गरेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा