
लन्डन । नेपाली दूतावास लन्डनले आउँदो फेब्रुअरी १ देखि ३ तारिखसम्म स्कटल्यान्डमा घुम्ती सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
दूतावासबाट प्रदान गरिने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन, एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ । दूतावासले निकालेको सूचनाअनुसार एवर्डिनमा सन् २०२५ फेब्रुअरी १ तारिख शनिबार दिउँसो ४ बजेदेखि साँझसम्म, एडिनबरामा फेब्रुअरी २ तारिख आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म र ग्लास्गोमा फेब्रुअरी ३ तारिख सोमबार १० देखि दिउँसो २ बजेसम्म कन्सुलर सेवा शिविर संचालन हुनेछ ।
कन्सुलर सेवामा सन् २०२६ फेब्रुअरीसम्म बहाल रहेका राहदानीको नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा तथा गैरआवासीय नेपाली परिचयपत्रजस्ता सेवा उपलब्ध हुनेछन् । ती सेवा लिनका लागि आवश्यक पर्ने कागजात, शुल्क र प्रक्रियाबारे दूतावसको वेबसाइटमा उल्लेख गरिएको छ ।
निर्धारित समयमा उपस्थित भइ आवश्यक सेवा सुविधा लिन दूतावासले सम्पूर्ण स्कटल्यान्डवासीलाई आग्रह गरेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै