
लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे बेलायत आइपुग्नु भएको छ ।
राजदूत घिमिरे शुक्रबार बिहान यहाँ आइपुग्नुभएको हो । टर्मिनल ५ मा ओर्लंदा राजदूत घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि, उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावास कर्मचारीले स्वागत गर्नुभएको थियो ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेको करिब तीन सातापछि उहाँ बेलायत आउनुभएको हो । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?