लन्डन । तमुधीं यूके आमा समूहको सहयोगमा कास्कीका दुई विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका – १, खारपानी मिर्सास्थित अन्नपूर्ण आधरभूत विद्यालय प्राङ्गणमा भुम्दिकोट समाज आमा समूह अध्यक्ष झुमा गुरुङको अध्यक्षता र वडाअध्यक्ष इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७७ विद्यार्थीलाई ट्रायकसुट, १७ अपाङ्ग, वृद्ध, सुस्त मनस्थितिलाई न्यानो लुगा वितरण गरिएको हो ।
यस्तै हिमाली डाँफे आधरभूत विद्यालयलाई स्टेसनरी सामग्री, खेलकुद सामग्री, न्यानो म्याट, वाटर डिस्पेन्सर, ग्यास चुल्हो, स्लाइडर (चिप्लेटी) भुम्दिकोट समाज आमा समूह र तमुधीं यूके आमा समूहको ‘न्यानो ल्होछार ०८१’ अन्तर्गत शनिबार वितरण गरिएको सञ्चारकर्मी एवं अभियन्ता युग गुरुङले जानकारी गराउनुभयो । उहाँका अनुसार तमुधीं यूके आमा समूहले यस वर्ष ६० हजार सहयोग गरेको हो । तमुधीं यूकेको हालै नयाँ अध्यक्षमा कमलादेवी गुरुङ निर्वाचित हुनु भएको छ । यसअघि सन्ध्या गुरुङ नेतृत्वमा हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण शिक्षक/शिक्षिकालाई मायाको चिनोस्वरुप थर्मस दिइएको थियो । ‘न्यानो ल्होछार ०८१’ का संयोजक भुम्दिकोट समाजका सचिव राजु गुरुङ हुनुहुन्थ्यो भने आमा समूह सचिव देउता गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयो ।
कार्यक्रको अन्तमा अतिथि, विद्यार्थी, अभिभावक, शिक्षक सबै सँगै ल्होछार स्यो कै (वनभोज) मा रमाएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा