लन्डन । तमुधीं यूके आमा समूहको सहयोगमा कास्कीका दुई विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका – १, खारपानी मिर्सास्थित अन्नपूर्ण आधरभूत विद्यालय प्राङ्गणमा भुम्दिकोट समाज आमा समूह अध्यक्ष झुमा गुरुङको अध्यक्षता र वडाअध्यक्ष इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७७ विद्यार्थीलाई ट्रायकसुट, १७ अपाङ्ग, वृद्ध, सुस्त मनस्थितिलाई न्यानो लुगा वितरण गरिएको हो ।
यस्तै हिमाली डाँफे आधरभूत विद्यालयलाई स्टेसनरी सामग्री, खेलकुद सामग्री, न्यानो म्याट, वाटर डिस्पेन्सर, ग्यास चुल्हो, स्लाइडर (चिप्लेटी) भुम्दिकोट समाज आमा समूह र तमुधीं यूके आमा समूहको ‘न्यानो ल्होछार ०८१’ अन्तर्गत शनिबार वितरण गरिएको सञ्चारकर्मी एवं अभियन्ता युग गुरुङले जानकारी गराउनुभयो । उहाँका अनुसार तमुधीं यूके आमा समूहले यस वर्ष ६० हजार सहयोग गरेको हो । तमुधीं यूकेको हालै नयाँ अध्यक्षमा कमलादेवी गुरुङ निर्वाचित हुनु भएको छ । यसअघि सन्ध्या गुरुङ नेतृत्वमा हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण शिक्षक/शिक्षिकालाई मायाको चिनोस्वरुप थर्मस दिइएको थियो । ‘न्यानो ल्होछार ०८१’ का संयोजक भुम्दिकोट समाजका सचिव राजु गुरुङ हुनुहुन्थ्यो भने आमा समूह सचिव देउता गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयो ।
कार्यक्रको अन्तमा अतिथि, विद्यार्थी, अभिभावक, शिक्षक सबै सँगै ल्होछार स्यो कै (वनभोज) मा रमाएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा