
भियना । संयुक्त राष्ट्र सङ्घ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ लागूऔषध तथा अपराध कार्यालय (युएनओडीसी) द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकहरूलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।
विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको सङ्ख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको सङ्ख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको सङ्ख्या ३८ प्रतिशतले बढेको छ ।
एक सय ५६ देशको तथ्याङ्कको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।
युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितहरूलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकाहरूलाई सहयोग बढाउन आह्वान गर्नुभयो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु