
लेबनान । सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् ।
सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ । दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।
अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ ।
आक्रमणमा टर्कीसमर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने