लन्डन । ‘डब्लुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जित्नु भएको छ ।

नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान १–१ स्वर्ण र रजत जित्नुभएको हो ।
सन्जितले ‘क्रिएटिभ फम्स’को ‘मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायल’मा स्वर्ण जित्नुभयो । उहाँले २६.७ अङ्क जोड्नुभयो ।
‘ट्रेडिसनल फम्स’को मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गर्नुभयो ।
प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ ।
प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो ।सन्जितको यो पाचौँ अन्तर्राष्ट्रिय पदक हो ।
यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ‘ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिप’मा स्वर्ण जित्नुभएको थियो ।
राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जित्नुभएको छ ।
सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गर्नुभएको छ ।
सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु