
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार दरबारमार्गमा जागरणसभा आयोजना गरेको छ । सभा सुरु हुनुअघि भद्रकालीबाट र्याली सुरु भएर शहीद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भयो । एमालेको जागरणसभामा काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट नेता, कार्यकर्ता उपस्थित थिए ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।
एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गर्यो । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गर्नुभयो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश