
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार दरबारमार्गमा जागरणसभा आयोजना गरेको छ । सभा सुरु हुनुअघि भद्रकालीबाट र्याली सुरु भएर शहीद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भयो । एमालेको जागरणसभामा काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट नेता, कार्यकर्ता उपस्थित थिए ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।
एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गर्यो । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गर्नुभयो ।
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय