
काठमाडौँ । विश्वका १४ अग्ला हिमाल आरोहणमा पूर्वब्रिटिस आर्मी निर्मल पूर्जा मगर (निम्सदाई) र सबैभन्दा कान्छो आरोही निमा रिन्जी शेर्पाले पुरक अक्सिनबिना सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ ।
निम्सदाइले सगरमाथासहित विश्वका १४ अग्ला हिमाल बोतल अक्सिजनबिना सबैभन्दा चाँडो आरोहण गर्ने नयाँ कीर्तिमान बनाउनुभएको छ । आरोही पूर्जाले मंगलबार चीनमा पर्ने ८ हजार १२ मिटर अग्लो हिमाल अक्सिजन बोतलको सहायताबिना आरोहण गर्नुभएको थियो । पूर्जाले सामाजिक सञ्जालमार्फत भर्नुभएको छ, ‘एकपटक फेरि इतिहासको रचना भएको छ, पूरक अक्सिजनबिना विश्वकार १४ अग्ला शिखर २ वर्ष ४ महिना २८ औं दिनमा आरोण गरेको छु ।’
पूर्जाले यसअघि यी सबै हिमाल अक्सिनको सहायताले आरोहण गर्नुभएको थियो । यसमा पनि उहाँ सबैभन्दा चाँडो आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्थ्यो । पूरक अक्सिनको सहायतासहित र रहित पूर्जाले यी सबै १४ अग्ला हिमालमा ५ वर्ष ५ महिना १२ औं दिनमा भ्याउनुभएको छ ।
उहाँको यो अभियान २३ अप्रिल २०१९ बाट सुरु भएको थियो । पूर्जाले ८ हजार अग्ला हिमालहरुमा हालसम्म ४९ औं पटक आरोहण गरिसक्नुभएको छ ।
संखुवासभाको मकालुका निमा रिन्जीले बुधबार चीनमा पर्ने विश्वको १४औं अग्लो हिमाल सिसापाङ्मा आरोहण गर्नुभएको काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । शेर्पा अहिले १८ वर्षको हुनुहुन्छ । सगरमाथासहित विश्वका सबै हिमाल सबैभन्दा कम उमेरमा आरोहण गर्नेमा उहाँ विश्वकै पहिलो भएको सेभेन समिटले जनाएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा