
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी, पहिरो र डुबानपीडितलाई आइतबारबाट राहत वितरण गर्ने भएको छ ।
शनिबार संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले उक्त निर्णय गरेको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो । ‘गत हप्ताको भीषण वर्षापश्चात् आएको ठूलो बाढीपहिरोले मातृभूमि नेपालमा व्यापक मानवीय र धनजनको क्षति भएको दु:खद् अवस्थामा मातृभूमि दुखेको बेला केही न केही मलमपट्टी लगाउन गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबरबाट राहत वितरण गर्ने भएको छ,’ उपाध्यक्ष राईले भन्नुभयो, ‘आज संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले उक्त निर्णय गरेको हो ।’
आइतबार एनआरएनएले आईसीसी अध्यक्ष डा. केसीको नेतृत्वमा काठमाडौंका दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा राहत वितरण गर्ने उपाध्यक्ष राईले जानकारी गराउनुभयो ।
यसअघि नै एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।
असोज ११ र १२ को अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नेपालमा हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ । अझै केही नागरिक बेपत्ता र डेढ सय हाराहारीमा घाइते छन् । विपत्तीका कारण सयौं परिवार विस्थापित छन् भने अर्बौंको धनमालमा क्षति पुगेको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि