
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी, पहिरो र डुबानपीडितलाई आइतबारबाट राहत वितरण गर्ने भएको छ ।
शनिबार संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले उक्त निर्णय गरेको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो । ‘गत हप्ताको भीषण वर्षापश्चात् आएको ठूलो बाढीपहिरोले मातृभूमि नेपालमा व्यापक मानवीय र धनजनको क्षति भएको दु:खद् अवस्थामा मातृभूमि दुखेको बेला केही न केही मलमपट्टी लगाउन गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबरबाट राहत वितरण गर्ने भएको छ,’ उपाध्यक्ष राईले भन्नुभयो, ‘आज संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौं उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले उक्त निर्णय गरेको हो ।’
आइतबार एनआरएनएले आईसीसी अध्यक्ष डा. केसीको नेतृत्वमा काठमाडौंका दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा राहत वितरण गर्ने उपाध्यक्ष राईले जानकारी गराउनुभयो ।
यसअघि नै एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।
असोज ११ र १२ को अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नेपालमा हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ । अझै केही नागरिक बेपत्ता र डेढ सय हाराहारीमा घाइते छन् । विपत्तीका कारण सयौं परिवार विस्थापित छन् भने अर्बौंको धनमालमा क्षति पुगेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार