
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पछिल्ला केही दिनयताको बाढीपहिरो प्रभावितलाई छिटो राहत र सहयोग गर्न अपिल गरेको छ ।
एनआरएनए अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्नुहुँदै विपद्को यस घडीमा यथाशक्य छिटो सहयोग तथा राहत उपलब्ध गराउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको हो । उहाँहरूले प्रकोपबाट वचन समेत आग्रह गर्नुभएको छ ।
‘अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौँ ।’
उहाँहरुले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारसँग समेत अनुरोध गर्नुभएको छ ।
भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले आफूहरुलाई निकै मर्माहत बनाएको उल्लेख गर्नुहुँदै विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवारतर्फबाट श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरिएको छ । साथै प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत एनआरएनएले गरेको छ ।
नेपालमा बिहीबार रातिदेखि शनिबार अपराह्नसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने ७० को हाराहारीमा बेपत्ता छन् । देशका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भएको छ । सुरक्षाकर्मी र स्थानीयले खोज तथा उद्धारका कार्य जारी राखेका छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि