
लन्डन । नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती भव्य रूपमा मनाएका छन् ।
नेमुप्र यूके तथा अनेसास यूके शाखाले आइतबार २२ सेप्टेम्बर २०२४ मा संयुक्त कार्यक्रम आयोजना गरी मोतीराम भट्टको जन्मजयन्ती मनाएका हुन् । नेमुप्र केन्द्रका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहआयोजक रहेका अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
मुक्तककार तथा गजलकार भट्टको सम्मानमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा जीत बुढाथोकी, निर्भीक रायमाझी, गंगा भण्डारी, रवीन्द्र जोशी, रामजी पहारी, विशन थापा, माया गुरुङ, राज श्रेष्ठ, सुमल गुरुङ, रघु भण्डारी, संजिता देउजा, डा. संगीता स्वेच्छा, सन्तोष कार्की, एकता बुढाथोकी, डा. रूपक श्रेष्ठ, वियोगी बुढाथोकी तथा दुर्गा पोख्रेलले मुक्तक तथा गजल वाचन गर्नुभयो ।
दोस्रो चरणमा कवि विशन थापाको कवितासंग्रह ‘आत्मीय आभाष’को विमोचन गरिएको थियो । प्रमुख अतिथि बुढाथोकी, सभापति दुर्गा पोख्रेल, नेमुप्र अध्यक्ष राज श्रेष्ठ, सल्लाहकार सुमल गुरुङ, डा. रूपक श्रेष्ठ तथा डा संगिता स्वेच्छाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । विमोचित कृतिमाथि सुमल गुरुङले समीक्षा गर्नुभएको थियो भने कृतिकार थापाले लेखन तथा प्रकाशनमा प्रेरणादायी रहेका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
वियोगी बुढाथोकी प्रधान सम्पादक तथा प्रकाशक रहेको त्रैमासीक पत्रिका ‘शिवपुरी सन्देश’को १०५औँ पूर्णांकको पनि सोही अवसरमा विमोचन गरिएको थियो । उक्त पत्रिकाका बारेमा सम्पादक बुढाथोकीले प्रकाश पार्नुभएको थियो । यसै सन्दर्भमा डा. रूपक श्रेष्ठले ‘शिवपुरी सन्देश’को एक अंक ‘बेलायत विशेषांक’को रूपमा प्रकाशन गर्नका लागि अनुरोध गर्नुभएको थियो । बुढाथोकीले सहर्ष स्वीकार्दै आगामी ‘माघ-चैत्र’अंक बेलायत विशेषांकको रूपमा प्रकाशन गर्ने जानकारी गराउँदै खुसी व्यक्त गर्नुभयो ।
डा. संगीता स्वेच्छाको अंग्रेजी कथाकृति ‘रोजे’ज ओडेसी’को हस्ताक्षर कार्यक्रम तथा विविध पुस्तक प्रदर्शनी पनि रहेको थियो । सदस्य गंगा भण्डारी तथा अनेसासका उपाध्यक्ष माया गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आयोजक नेमुप्र यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति दुर्गा पोख्रेलले समापनका क्रममा प्रमुख अतिथिका साथै उपस्थित सबै साहित्यकार तथा व्यवस्थापनका लागि मोन्टिज रेस्टुरेन्टका संस्थापक दीपेन्द्र कार्की, धिरज शमशेर जबरा तथा ममता श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बन्द सत्रमा रहेको नेमुप्रको कार्यकारी समितिको बैठकले रिक्त रहेको सचिव पदमा सदस्य गंगा भण्डारीलाई सर्वसम्मतिले चयन गरेको छ । उक्त पदमा नृपेश उप्रेतीले विगत दुई कार्यकाल सेवा गर्नुभएको थियो ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल