
सिँगापुर । अवैधानिक तरिकाले पैसा विदेश पठाएको अभियोगमा सिँगापुर प्रहरीमा कार्यरत पाँचजना गोरखा सैनिकलाई जेल सजायँ सुनाइएको छ ।
सिँगापुरबाट प्रकाशित टुडे अनलाइनका अनुसार यसरी जेल सजायँ पाउनेहरूमा ४० वर्षीय सीताराम तामाङ, ३२ वर्षीय डीकबहादुर गुरुङ, ४३ वर्षीय गंगाप्रसाद राई, ४४ वर्षीय मिङमार शेर्पा र ३९ वर्षका अशोककुमार थापा रहेका छन् । उनीहरुलाई सेप्टेम्बर ५ मा सिँगापुरको अदालतले जेल सजायँ सुनाएको हो । गत फेब्रुअरीमा सिँगापुर गोरखा कन्टिन्जेन्ट क्याम्पभित्र अवैधानिक रूपमा नगद विदेश पठाउने कार्य भइरहेको जानकारी पाएपछि त्यहाँको वाणिज्य मामिला महानिर्देशनालयले अनुसन्धान शुरु गरेको थियो । मार्च २२ मा महानिर्देशनालयले क्याम्पभित्र छापा पनि मारेको थियो ।
सजायँ पाउनेहरूमा सबैभन्दा लामो सजायँ सीताराम तामाङलाई गरिएको छ । उनलाई पाँच महिना कैद सजायँ भएको छ । उनले करिब ३० करोड रुपियाँ सिँगापुर बाहिर पठाएको पाइएको छ ।
डीकबहादुर गुरुङलाई दुई साता जेल सजायँ भएको छ । उनले करिब १७ करोड रुपियाँ सिँगापुरबाहिर पठाएको पाइएको छ । गंगाप्रसाद राईलाई १० साता जेल सजायँ भएको छ । उनले करिब १० करोड रुपियाँ सिँगापुर बाहिर पुर्याएको आरोप छ ।
मिङमार शेर्पालाई सात साताको कैद सजायँ भएको छ भने अशोककुमार थापालाई चार साताको कैद सजायँ भएको छ ।
अदालतमा पाँचै जना भिडियोमार्फत उपस्थित भएका थिए । नेपाली दोभाषेमार्फत उनीहरुले कुरा राखेका थिए । उनीहरुलाई अग्रपंक्तिको ड्यूटीबाट हटाइसकिएको सिँगापुर प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरीले आन्तरिक कार्बाही गर्ने पनि बताइएको छ ।
प्रतीक तामाङ नाइके
सिंगापुर प्रहरीभित्रको गोरखा कन्टिजेन्टमा अवैध नगद कारोबार गर्ने नाइके भने प्रतीक तामाङ रहेको अनुसन्धानले देखाएको छ । सन् २००४ मा सिँगापुर प्रहरीमा भर्ती भएका तामाङ सन् २०२२ मा अवकाश पाएका थिए । उनले सन् २०२१ देखि गोरखा क्याम्पभित्र अवैध कारोबार शुरु गरेका थिए । उनैले सीताराम, गंगा र डीकलाई आफ्नो कारोबारमा सघाउन भर्ती गरेका थिए । प्रतीक सेवबाट अवकाश पाएपछि नेपाल फर्किएको र अनुसन्धानका क्रममा सम्पर्कविहीन रहेको बताइएको छ ।
प्रतीकका एजेन्टहरूले सिँगापुर गोरखाहरुभित्र कसको कति पैसा नेपाल पठाउनु छ पत्ता लगाउने र त्यति रकम प्रतीकले नेपालमा उनीहरूले भनेको व्यक्तिलाई बुझाउने गरेका थिए । सो बराबरको सिँगापुर डलर सीतारामको खातामा हाल्ने गरिएको थियो । सो डलर पछि प्रतीक वा प्रतीकले भनेको व्यक्तिलाई दिने गरिएको थियो । सीतारामको खातामा १११ वटासम्म कारोबार भएपनि सीतारामले नाफा भने कमाएको नपाइएको बताइएको छ ।
शुरुमा गंगाप्रसाद र डीकले पनि सीतारामलाई नै पैसा संकलन गरेर बुझाउने गरेका थिए तर केही समयपछि उनीहरुले आफैँ कारोबार गर्न थाले । गंगाप्रसादले अगष्ट २६, २०२२ र मार्च १२, २०२३ सम्ममा ३ लाख ८३ हजार ६०० सिँगापुर डलरको कारोबार गरेका थिए । डीकले भने प्रतीकका लागि काम गरेवापत १ हजार ७५० देखि २ हजार ४५० सिँगापुर डलर कमाएका थिए । पछि आफ्नै कारोबार शुरु गरेपछि उनले ४ लाख ९२ हजार ४०० सिँगापुर डलरको कारोबार गरेका थिए।
अवैधानिक कारोबारमा जोडिएका अशोक थापाले भने बेलायत र अष्ट्रेलियामा रहेका उनका आफन्तहरूलाई पैसा पठाउने गरेको पाइएको छ । उनले सिँगापुर प्रहरीमा रहेकाहरूबाट रकम संकलन गर्ने उनका आफन्तले सो बराबरको रकम नेपालमा भुक्तानी दिने गरेका थिए ।
मिङ्मा शेर्पाको हकमा भने उनकी श्रीमती पेमाले कारोबार गर्ने गरेका थिए । मिङमाको खाता उनकी श्रीमतीले चलाउने गरेकी थिइन् । सेप्टेम्बर २०२२ देखि मार्च २०२३ सम्ममा शेर्पाको खातामा १८३ वटा कारोबार भएको पाइएको छ । पेमा भने अहिले क्यानाडामा बसोबास गरिररहेको बताइएको छ ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ