काठमाडौँ । नेपालबाट सहकारीको बचत रकम ठगेर भागेकामध्ये ५ जना बेलायतमा रहेको तथ्य सार्वजनिक भएको छ ।

सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले शुक्रबार सार्वजनिक प्रतिवेदनमा २९ जना फरारमध्ये ५ जना बेलायतमा रहेको उल्लेख छ । समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.को पैसा ठगेर भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ सरला महर्जन, निमित्तराज श्रेष्ठ बेलायतमा रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस्तै स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को रकम ठगी गरेर गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको प्रतिवेदनमा लेखिएको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते