
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न कार्यक्रम गरी स्थापना दिवस (एनआरएन डे) तीन साता मनाउन अपिल गरेको छ ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भएका देशहरुमा अक्टोबर महिनाको पहिलो सातादेखि तेस्रो सातासम्म एनआरएन डे भव्य रुपमा मनाउन बुधबार अपिल जारी गरिएको हो । अध्यक्ष बद्री केसी, गैर आवासीय नेपाली दिवस २०२४ का संयोजक तथा उपाध्यक्ष हेमराज शर्मा र महासचिव गौरीराज जोशीले जारी संयुक्त अपिलमा अन्तरक्रिया, परोपकारी काम, जनचेतनामूलक कार्यक्रम, कार्यशाला, पशुपति तथा स्वयंभूमा पूजा लगायतका गतिविधि गर्न आह्वान गरिएको छ ।
संघले गैरआवासीय नेपालीहरूको समन्वय र एकता प्रवर्द्धन गर्ने विभिन्न कार्यशाला आयोजना गर्न राष्ट्रिय समितिहरूलाई अनुरोध गरेको छ । यस वर्ष ११ अक्टोबरका दिन नवरात्रि अन्तर्गत नवमी पर्व परेकाले सो दिन स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा पूजाआजाको कार्यक्रम तय गरिएको अपिलमा उल्लेख छ ।
संघले एनआरएनए डे को अवसरमा आगामी २७ र २८ अक्टोबरमा काठमाडौंमा हुने विशेष कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन संघका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदका पदाधिकारीहरूलाई आग्रहसमेत गरेको छ।


ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन