
लिस्बन (पोर्चुगल) । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्ष पदमा सूर्य खड्का चयन हुनुभएको छ । लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चारवर्षे कार्यकालका लागि ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा, मनोज कठायत, नरेश भाट , जयसुजन केसी र महिला उपाध्यक्षमा कल्पना भण्डारीलाई चयन गरेको छ ।
समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा विवश कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन गरेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष कमल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम सुवेदी, समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
समाजले विश्वभरका नेपालीलाई सङ्गठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष घिमिरेले बताउनुभयो । विश्वभरका विभिन्न मुलुकमा गरी ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको उहाँले बताउनुभयो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक