
ग्रीस । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ ।
मरेका माछाका कारण स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सफाइका लागि संकटकाल घोषणा गरिएको एथेन्स समाचार एजेन्सीले जनाएको छ । त्यहाँको जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिलामन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन् ।
एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो । बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो । अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ ।
मङ्गलबारमात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका समाचारहरुमा जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा