
लन्डन । लन्डनस्थित नेपाली दूतावासले कसैलाई पनि प्रवेश निषेध नगरिएको स्पष्ट पारेको छ ।
‘केही दिनयता सामाजिक सञ्जालमा राजदूतावासमा प्रवेश निषेध गरिएको भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राजदूतावास बेलायतवासी सम्पूर्ण नेपालीहरूको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट गर्दै यस्तो भ्रामक समाचारलाई विश्वास नगर्नुहुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।’
लन्डन दूतावास नेपालको सबैभन्दा पुरानो राजदूतावासको रूपमा रहेको र नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने तथा बेलायतमा रहेका नेपालीको हित संरक्षण तथा प्रवर्द्धनका लागि सदैव कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल-बेलायत द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानलाई नेपाल सरकार तथा राजदूतावासले उच्च सम्मान प्रकट गर्दै आएकोसमेत जनाइएको छ । सीमित श्रोत र साधनका बाबजुद बेलायतमा बढ्दै गएको नेपाली समुदायलाई सरल र सहज रूपमा कन्सुलर सेवा प्रदान गर्न कटिबद्ध रहेको पनि दूतावासले स्पष्ट पारेको छ ।

आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न