
लन्डन । लन्डनस्थित नेपाली दूतावासले कसैलाई पनि प्रवेश निषेध नगरिएको स्पष्ट पारेको छ ।
‘केही दिनयता सामाजिक सञ्जालमा राजदूतावासमा प्रवेश निषेध गरिएको भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राजदूतावास बेलायतवासी सम्पूर्ण नेपालीहरूको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट गर्दै यस्तो भ्रामक समाचारलाई विश्वास नगर्नुहुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।’
लन्डन दूतावास नेपालको सबैभन्दा पुरानो राजदूतावासको रूपमा रहेको र नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने तथा बेलायतमा रहेका नेपालीको हित संरक्षण तथा प्रवर्द्धनका लागि सदैव कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल-बेलायत द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानलाई नेपाल सरकार तथा राजदूतावासले उच्च सम्मान प्रकट गर्दै आएकोसमेत जनाइएको छ । सीमित श्रोत र साधनका बाबजुद बेलायतमा बढ्दै गएको नेपाली समुदायलाई सरल र सहज रूपमा कन्सुलर सेवा प्रदान गर्न कटिबद्ध रहेको पनि दूतावासले स्पष्ट पारेको छ ।

तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला