लन्डन । तमु समाज यूकेको सातौँ कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ ।
वेम्बलीको बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा शनिबार १० अगस्ट शनिबार समाजकी अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा बसेको बैठक नेपाली मेलामा झाँकीमा भाग लिने तर प्रतिस्पर्धामा भाग नलिने, समाज घर जीर्णोद्धार गर्नु पर्ने बेला भएकाले विकल्पमा अर्को भवन खोज्ने, तमु समाज आमा समूह र युथ ग्रुप गठनलगायत निर्णय गरेको हो ।

यस्ता छन् निर्णयहरु
– आगामी २५ अगस्टमा तमुधीं यूकेले आयोजना गर्न लागेको नेपाली मेलामा झाँकीमा भाग लिने तर प्रतिस्पर्धामा भाग नलिने ।
– समाज घर जीर्णोद्धार गर्नु पर्ने बेला भएकाले विकल्पमा अर्को भवन खोज्ने । त्यसका लागि निकट भविष्यमै एउटा समिति गठन गरेर काम अगाडि बढाउने
– आगामी ३१ अगस्टका दिन हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज मनाउने ।
– तमु समाज आमा समूह र युथ ग्रुप गठन । विमला गुरुङको अध्यक्षतामा ९ सदस्यीय आमा समूह कमिटी गठन गरेको छ । युथ ग्रुपमा प्रज्वल गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी पनि गठन गरेको छ ।
समाजका कार्यसमितिका सदस्य, सल्लाहकार, आमा समूहका अध्यक्षलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको बैठकलाई विधिवत् रूपमा अगाडि बढाउन समाजका अध्यक्ष घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुन गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङलगायत अन्य सदस्यलाई क्रमशः आसन ग्रहण गराइएको थियो ।
बैठकमा उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । महासचिव शुब घलेले हेल्थ एन्ड सेप्टीबारे जानकारी गराउनुभयो । उहाँले अघिल्लो बैठकको टिप्पणीलाई पनि पढेर सुनाउनुभएपछि बैठक एजेन्डामा प्रवेश गरेको थियो ।
उक्त दिन पुरानो कमिटी अर्थात् छैटौँ कार्यसमितिबाट कार्यभार र अन्य चल-अचल सम्पत्तिका कागजात निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको रोहबरमा नवनिर्वाचित अध्यक्ष बिन्दु घलेलाई हस्तान्तरण गर्नुभयो ।
नयाँ कार्यसमितिका अध्यक्ष र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले पुरानो समितिका सबै पदाधिकारी र सल्लाहकारलाई खादा फूल र पछ्यौरा साथै मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभएको थियो ।

नयाँ सातौँ कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारलाई वर्तमान अध्यक्ष घलेले खादा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित महासचिव सुब घलेले सञ्चालन गरेको औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
मनोरञ्जनको कार्यक्रम अगाडि बढाउनुपूर्व समाजका आजीवन सदस्य जगदीश गुरुङ सोपाल समाजको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएकामा बधाई तथा शुभकामना ज्ञापन गरियो । यस्तै, हाल भ्रमणका क्रममा बेलायतमा रहेका विद्वानद्वय इन्द्र गुरुङ र उनकी धर्मपत्नी राजेश्वरी गुरुङ (श्रेष्ठ), पुत्र रोनाल्ड गुरुङ र राष्ट्रिय कलाकारद्वय राजन गुरुङ र रेनुका भट्टराईलाई अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, फूल र प्रमाणपत्र प्रदान गरेर सम्मान र स्वागत गर्नुभयो ।


अतिथि विद्वान इन्द्रबहादुर गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यवादका साथ संक्षिप्त मन्तव्य राख्नुभयो । तत्पश्चात् लोकदोहोरी कलाकारद्वय राजन र रेनुका भट्टराईले प्रस्तुति दिनुभएको थियो । त्यसक्रममा अधिकांश सहभागीहरु नाच्नुभएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी