
ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।
दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको ५७ जना यात्रु र ४ चालक दलका सदस्य सवार भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटना भएको हो । स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।
पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गर्नुभएको छ । ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह