
काठमाडौं । नेपालकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल-बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहीआएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार