
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले यही आइतबार ०४ अगस्ट २०२४ को दिन ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ ।
अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा धुमधामकासाथ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने तयारी रहेको नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो । दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यता साथै बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि, एनआरएनए बेलायत र भूतपूर्व गोर्खा सैनिक संगठनका नेतृत्व र बेलायतस्थित जातीयय संगठनहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको मुख्य उद्देश हरेक वर्ष मनाइने आदिवासी दिवसलाई जारी राख्ने र जसले आदिवासीका हकअधिकार र पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त होस् भन्ने रहेको अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रममा वर्ष पुरुष र वर्ष महिलाको सम्मान, नवनियुक्त कार्यसमिति सदस्यहरुलाई स्वागत र पदस्थापना, नवमनोनीत सल्लाहकारहरुलाई स्वागत तथा बधाई साथै विभिन्न विषय र विधामा सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान र बधाई कार्यक्रम हुने महासंघ बेलायतले जनाएको छ ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक र चलायमान बनाउन विभिन्न नेपाली संस्कार, संस्कृति, कला र सभ्यता झल्किने नृत्य, गीत र झाँकीहरुको पनि प्रदर्शन हुने जानकारी अध्यक्ष राईले दिनुभएको छ ।
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि