
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले यही आइतबार ०४ अगस्ट २०२४ को दिन ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ ।
अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा धुमधामकासाथ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने तयारी रहेको नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो । दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यता साथै बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि, एनआरएनए बेलायत र भूतपूर्व गोर्खा सैनिक संगठनका नेतृत्व र बेलायतस्थित जातीयय संगठनहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको मुख्य उद्देश हरेक वर्ष मनाइने आदिवासी दिवसलाई जारी राख्ने र जसले आदिवासीका हकअधिकार र पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त होस् भन्ने रहेको अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रममा वर्ष पुरुष र वर्ष महिलाको सम्मान, नवनियुक्त कार्यसमिति सदस्यहरुलाई स्वागत र पदस्थापना, नवमनोनीत सल्लाहकारहरुलाई स्वागत तथा बधाई साथै विभिन्न विषय र विधामा सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान र बधाई कार्यक्रम हुने महासंघ बेलायतले जनाएको छ ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक र चलायमान बनाउन विभिन्न नेपाली संस्कार, संस्कृति, कला र सभ्यता झल्किने नृत्य, गीत र झाँकीहरुको पनि प्रदर्शन हुने जानकारी अध्यक्ष राईले दिनुभएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै