
फेल्ब्रिज, बेलायत । बेलायतमा‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको उद्घाटन गरिएको छ ।
नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य र नेपाली खानाप्रतिको साझा रुचीलाई पनि उत्सवको रुपमा मनाइने अभियानको २९ जुलाई २०२४ मा एक समारोहबीच अभियानको उद्घाटन गरिएको हो । ‘पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ गुरखा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भन्नुभयो, ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ,’
‘नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ, र अब हामी हाम्रो ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं । आजको कार्यक्रम सुरुआत त्र हो, र हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं,’ पाण्डेले भन्नुभयो ।

एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह व्यक्त गर्नुभयो । ‘हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन, यो एक अद्भूत अवसर हो,’ अर्को उत्साही सहभागीले थप्नुभयो, ‘हामी नेपाली खाना मन पराउँछौं, र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनीय छ । म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु ।’
भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुनुभएका किताबका अनुवादक जयन्त शर्माले भन्नुभयो, ‘यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा, नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु ।’
अभियानअन्तर्गत सङ्गीता स्वेच्छाको ‘रोजेज ओडिसी’ पुस्तकका लागि बेलायतमा पुस्तक हस्ताक्षर कार्यक्रमहरूको श्रृंखला सञ्चालन गरिएको हो । स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, ‘मेरो कथाहरूमार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मञ्च प्रदान गरेकोमा म गुरखा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु ।’

बुकहिल इन्टरनेशनलबाट प्रकाशित स्वेच्छाको कथासंग्रह, ‘रोजेज ओडिसी’ अप्रिल २०२४ मा बेलायतमा विमोचन भएको थियो । पुस्तक हस्ताक्षर कार्यक्रमहरूमा धेरै प्रतिलिपिहरू बिक्रीसँगै यो पुस्तक गैरनेपाली पाठकहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ ।
बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ भने लन्डनको फाउन्ड्रीमा (जहाँ तीसभन्दा बढी सामाजिक संस्थाहरु अवस्थित छन्) हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसी’को लागि अर्को रोमाञ्चक पक्ष भएको विज्ञप्तिमा जनाएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने