
फेल्ब्रिज, बेलायत । बेलायतमा‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको उद्घाटन गरिएको छ ।
नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य र नेपाली खानाप्रतिको साझा रुचीलाई पनि उत्सवको रुपमा मनाइने अभियानको २९ जुलाई २०२४ मा एक समारोहबीच अभियानको उद्घाटन गरिएको हो । ‘पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ गुरखा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भन्नुभयो, ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ,’
‘नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ, र अब हामी हाम्रो ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं । आजको कार्यक्रम सुरुआत त्र हो, र हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं,’ पाण्डेले भन्नुभयो ।

एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह व्यक्त गर्नुभयो । ‘हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन, यो एक अद्भूत अवसर हो,’ अर्को उत्साही सहभागीले थप्नुभयो, ‘हामी नेपाली खाना मन पराउँछौं, र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनीय छ । म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु ।’
भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुनुभएका किताबका अनुवादक जयन्त शर्माले भन्नुभयो, ‘यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा, नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु ।’
अभियानअन्तर्गत सङ्गीता स्वेच्छाको ‘रोजेज ओडिसी’ पुस्तकका लागि बेलायतमा पुस्तक हस्ताक्षर कार्यक्रमहरूको श्रृंखला सञ्चालन गरिएको हो । स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, ‘मेरो कथाहरूमार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मञ्च प्रदान गरेकोमा म गुरखा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु ।’

बुकहिल इन्टरनेशनलबाट प्रकाशित स्वेच्छाको कथासंग्रह, ‘रोजेज ओडिसी’ अप्रिल २०२४ मा बेलायतमा विमोचन भएको थियो । पुस्तक हस्ताक्षर कार्यक्रमहरूमा धेरै प्रतिलिपिहरू बिक्रीसँगै यो पुस्तक गैरनेपाली पाठकहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ ।
बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ भने लन्डनको फाउन्ड्रीमा (जहाँ तीसभन्दा बढी सामाजिक संस्थाहरु अवस्थित छन्) हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसी’को लागि अर्को रोमाञ्चक पक्ष भएको विज्ञप्तिमा जनाएको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते