लन्डन । प्रथम किराती राजा यलम्बरको स्मृति दिवस बेलायतमा पनि धूमधामका साथ मनाइने भएको छ ।
किरात राई यायोक्खा बेलायतले विगतमा जस्तै यस वर्ष पनि आगामी १० अगस्टमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित दिवस तथा किरात हाउस खरिद वार्षिक उत्सव मनाउने तयारी गरेको हो ।
कार्यक्रम किरात हाउस गेम्बल्स लेनमा हुने यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताउनु भयो । उहाँका अनुसार उक्त दिन धनुषवाण रनिङसिल्ड प्रतियोगिता, यलम्बरहाङ स्मृति कप महिला तथा पुरुष भलिबल, एक तोला सुनको लक्की ड्र (भाग्योदय चिट्ठा) हुनेछ ।
यसैगरी, मास्टर डिग्रीभन्दा माथि शिक्षा हासिल प्राप्त वा कुनै पनि विधामा उत्कृष्ट व्यक्तिलाई सम्मान, किरात मूलघर खरिद गरेको विशेष वार्षिक उत्सव (दशौँ वर्षगाँठ), यलम्बर सांस्कृतिक सांगितीक शृंखलाजस्ता कार्यक्रम हुनेछन् ।
कार्यक्रममा उपस्थित भएर अवलोकन तथा मनोरञ्जन लिनका लागि अध्यक्ष राईले निमन्त्रणा गर्नु भएको छ ।
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस