लण्डन । पछिल्लो समयमा बेलायतमा हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टूडियो खोेलेर मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि प्रशिक्षित गराइरहेका नगेन्द्रराज नेम्वाङ उर्फ नेम्वाङ मामाले हालसालै ‘स्वस्थ जीन्दगीको सान’ कृति बजारमा ल्याएका छन् ।
२२ वर्ष बेलायती सैन्यमा फौजी जीवन बिताएका नेम्वाङले मनोक्रान्तिमा आफूलाई समर्पित गरेको पनि दुई दशकभन्दा बढी नै भयो । मनोक्रान्तिका प्रवर्तक योगी विकाशानन्दको ‘मेसिन गनभन्दा ब्रेन गन शक्तिशाली हुन्छ’ भन्ने भनाइले नेम्वाङलाई बेचैन बनायो । त्यही बेचैनीले पिरोल्दा उनी कहिले जमिनमुनी बसेर भूतपस्या गर्छन् त कहिले आगोमा टेक्दै हिँड्छन् । कहिले तीन घण्टासम्म नरोकिईकन भाषण गर्छन त कहिले टाउकोले जमिन टेकेर शीर्षासन गर्छन् । अहिले प्रकाशित पुस्तक पनि शायद त्यही बेचैनीको उपज हुनसक्छ ।
पुस्तकमा नेम्वाङका यसअघि एभरेष्ट टाइम्स साप्ताहिकमा प्रकाशित र अप्रकाशित गरी १४० वटा छोटाछोटा लेखहरु छन् । अधिकांश लेखहरु कसरी स्वस्थ जीवन जीउने भन्ने बारेमा केन्द्रीत छन् भने अन्तिम लेखमा उनको जीवनयात्राको सारांश छ । नेपाली समाजमा व्याप्त शारीरिक र मानसिक समस्याहरुकै सेरोफेरोमा पुस्तक उनिएको छ । जस्तै ढाड दुख्ने, कम्मर दुख्ने, माइग्रेन, पत्थरी, कब्जियत आदि । यी समस्याहरुको निदान कसरी गर्न सकिन्छ भन्ने बारेमा उनले मनोक्रान्ति अभ्यासबाट सिकेको आधारमा उपायहरु सिफारिस गरेका छन् । यसैगरी, मानसिक समस्याहरुबाट बच्ने, उम्कने बाटाहरु पनि उनले सुझाएका छन् ।
छोटा छोटा र चित्रसहित लेखहरु राखिएकाले पढ्नलाई अति नै सजिलो लाग्छ । तर पुस्तक पढिसक्दा कतिपय सन्दर्भहरु दोहोरिएको पनि भान हुन्छ । शायद अति नै धेरै शीर्षकहरु भएकाले यस्तो भएको होला । आफू मनोक्रान्तिको अभ्यास नगर्ने भएकाले होला पुस्तकमा सिकाइएका सुत्रहरुलाई आफैँले मनन गरेर, प्रयोग गरेर आफ्नो लागि ठीक हुन्छ हुँदैन परीक्षण गरेर जीवनमा लागू गर्न सके फाइदा होला भन्न महसुस गरेँ । अथवा पाठकहरुले यसलाई निर्देशनका रुपमा नभई सल्लाहका रुपमा मात्र बुझ्दा राम्रो होला । यद्यपि यस पुस्तकबाट सिकिएको एउटै मात्र कला कुनै पाठकको जीवनको लागि कामयाव बन्न सकेमा पनि पुस्तक सार्थक हुन सक्नेमा कुनै दुईमत हुन सक्दैन ।
कृति : स्वस्थ जीन्दगीको सान (योग, ध्यान र साधना)
स्रष्टा : नगेन्द्रराज नेम्वाङ
प्रकाशक : पुनम वनेम नेम्वाङ
प्रकाशन : वर्ष २०२३
मूल्य : ३०० रुपियाँ (नेपाल) र विदेशमा २० पाउण्ड
पृष्ठ : २९६

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा