लण्डन । पछिल्लो समयमा बेलायतमा हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टूडियो खोेलेर मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि प्रशिक्षित गराइरहेका नगेन्द्रराज नेम्वाङ उर्फ नेम्वाङ मामाले हालसालै ‘स्वस्थ जीन्दगीको सान’ कृति बजारमा ल्याएका छन् ।
२२ वर्ष बेलायती सैन्यमा फौजी जीवन बिताएका नेम्वाङले मनोक्रान्तिमा आफूलाई समर्पित गरेको पनि दुई दशकभन्दा बढी नै भयो । मनोक्रान्तिका प्रवर्तक योगी विकाशानन्दको ‘मेसिन गनभन्दा ब्रेन गन शक्तिशाली हुन्छ’ भन्ने भनाइले नेम्वाङलाई बेचैन बनायो । त्यही बेचैनीले पिरोल्दा उनी कहिले जमिनमुनी बसेर भूतपस्या गर्छन् त कहिले आगोमा टेक्दै हिँड्छन् । कहिले तीन घण्टासम्म नरोकिईकन भाषण गर्छन त कहिले टाउकोले जमिन टेकेर शीर्षासन गर्छन् । अहिले प्रकाशित पुस्तक पनि शायद त्यही बेचैनीको उपज हुनसक्छ ।
पुस्तकमा नेम्वाङका यसअघि एभरेष्ट टाइम्स साप्ताहिकमा प्रकाशित र अप्रकाशित गरी १४० वटा छोटाछोटा लेखहरु छन् । अधिकांश लेखहरु कसरी स्वस्थ जीवन जीउने भन्ने बारेमा केन्द्रीत छन् भने अन्तिम लेखमा उनको जीवनयात्राको सारांश छ । नेपाली समाजमा व्याप्त शारीरिक र मानसिक समस्याहरुकै सेरोफेरोमा पुस्तक उनिएको छ । जस्तै ढाड दुख्ने, कम्मर दुख्ने, माइग्रेन, पत्थरी, कब्जियत आदि । यी समस्याहरुको निदान कसरी गर्न सकिन्छ भन्ने बारेमा उनले मनोक्रान्ति अभ्यासबाट सिकेको आधारमा उपायहरु सिफारिस गरेका छन् । यसैगरी, मानसिक समस्याहरुबाट बच्ने, उम्कने बाटाहरु पनि उनले सुझाएका छन् ।
छोटा छोटा र चित्रसहित लेखहरु राखिएकाले पढ्नलाई अति नै सजिलो लाग्छ । तर पुस्तक पढिसक्दा कतिपय सन्दर्भहरु दोहोरिएको पनि भान हुन्छ । शायद अति नै धेरै शीर्षकहरु भएकाले यस्तो भएको होला । आफू मनोक्रान्तिको अभ्यास नगर्ने भएकाले होला पुस्तकमा सिकाइएका सुत्रहरुलाई आफैँले मनन गरेर, प्रयोग गरेर आफ्नो लागि ठीक हुन्छ हुँदैन परीक्षण गरेर जीवनमा लागू गर्न सके फाइदा होला भन्न महसुस गरेँ । अथवा पाठकहरुले यसलाई निर्देशनका रुपमा नभई सल्लाहका रुपमा मात्र बुझ्दा राम्रो होला । यद्यपि यस पुस्तकबाट सिकिएको एउटै मात्र कला कुनै पाठकको जीवनको लागि कामयाव बन्न सकेमा पनि पुस्तक सार्थक हुन सक्नेमा कुनै दुईमत हुन सक्दैन ।
कृति : स्वस्थ जीन्दगीको सान (योग, ध्यान र साधना)
स्रष्टा : नगेन्द्रराज नेम्वाङ
प्रकाशक : पुनम वनेम नेम्वाङ
प्रकाशन : वर्ष २०२३
मूल्य : ३०० रुपियाँ (नेपाल) र विदेशमा २० पाउण्ड
पृष्ठ : २९६

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा