
लण्डन । युरोपेली युनियनबाहिरका आप्रवासीहरुका लागि उदार मानिएको पोर्चुगलमा आप्रवासीप्रति कडाइ गरिने भएको छ ।
पोचुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सोमबार सम्बोधन गर्दै पोर्चुगलको ढोका खुला राख्न नसकिने बताएका हुन् ।
उनका अनुसार अब युरोपेली युनियनबाहिरका मानिसहरुलाई पर्यटक भिसामा पोर्चुगल आएर आवासीय भिसाका लागि आवेदन दिन बन्द गरिनेछ । हाल सो प्रावधानबाट आवेदन गरेका करिब ४ लाख आवेदकहरुको निवेदन विचाराधीन रहेको छ र सोको चाँडो निर्णयका लागि छुट्टै संयन्त्र बनाइएको र कर्मचारी थपिएको पनि उनले बताएका छन् ।
पोर्चुगलमा यसअघि युरोपेली मुलुकबाहिरका आप्रवासीलाई पोर्चुगलमा जागिर नभए पनि एक वर्ष सोसल सेक्युरिटी शुल्क तिरेपछि आवासीय अधिकारका लागि आवेदन गर्न पाउने व्यवस्था थियो ।
सो प्रावधानको खारेजीपछि अब आप्रवासीहरुले पोर्चुगल प्रवेशगर्नु अघि नै जागिर पाएको कागजात पेश गर्नुपर्नेछ । दक्षता हासिल गरेकाहरु, विद्यार्थीहरु र पोर्चुगिच भाषा वक्ताहरुलाई अब पोर्चुगलमा प्रवेश गर्न प्राथमिकता दिइने पनि बताएको छ ।
सरकारको यो योजनालाई दक्षिणपन्थीहरुले पर्याप्त नभएको प्रतिक्रिया दिएका छन् भने उदारवादीहरुले यसले आप्रवासीहरुलाई अमानवीय अवस्थामा धकेल्न सक्ने बताएका छन् ।
पोर्चुगलमा ८ लाख आप्रवासी रहेका अनुमान छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा