
लण्डन । गतवर्षको अन्त्यमा अप्रत्याशित रुपमा आर्थिक मन्दीमा परेको बेलायतको अर्थतन्त्र नयाँ वर्षको पहिलो तीन महिनामै मन्दीबाट बाहिर निस्किएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले शुक्रबार बिहान सार्वजनिक गरेको आँकडाअनुसार बेलायतको अर्थतन्त्रमा यस वर्षको पहिलो तीन महिनामा निक्कै सुधार भएको पाइएको छ ।
जनवरीदेखि मार्चसम्मको पहिलो त्रैमासिकमा बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले बढेको छ । यो विश्लेषकहरुको अनुमानभन्दा पनि बढी हो । विश्लेषकहरुले सो अवधिमा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशत मात्र रहने भविष्यवाणी गरेका थिए । यस वृद्धिलाई सन् २०२१ यताकै उच्च वृद्धि पनि मानिएको छ । यस वृद्धिसँगै बेलायतको अर्थतन्त्र अतिविकसित राष्ट्रहरु (जी सेभेन) को तहमा पुगेको छ ।
ओएनएसका अनुसार यस त्रैमासिकमा अर्थतन्त्र सुधार हुनुमा सेवा क्षेत्र, खुद्रा व्यापार, यातायात, स्वास्थ्य, कार उत्पादन लगायतका क्षेत्रहरुको योगदान रहेको छ तर निर्माण क्षेत्रमा भने अझै सुधार आउन नसकेको बताइएको छ ।
ओएनएसका अर्थशास्त्रीहरुले बेलायतका अर्थतन्त्रले लय पक्रेको र आगामी दिनमा अझै बढ्ने आशा व्यक्त गरेका छन् । तर यो सालको वृद्धि सुस्त गतिको हुने बताइएको छ । उच्च मुद्रास्फिति र उच्च ब्याजदरका कारण वृद्धि द्रुत नहुने भएको हो ।
बैँक अफ इंग्ल्याण्डले यो साल बेलायतको आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने विहीबार मात्र आँकलन गरेको छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’