
काठमाडौँ । युद्ध साहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज, नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर अधिकारी)द्वारा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए । उनले भने, “डायास्पोराबाट धेरै साहित्यकारहरूले लेखिरहेका छन् तर उहाँले जस्तो अब्बल कृतिचाहिँ अरुबाट लेखिएको मैले पढेको छैन । यस कुराको पुष्टि आज सार्वजनिक भएको कृतिले पनि गर्दछ ।”
शशी लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्धसाहित्यकार रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृतिजस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए । उनले भने, “यसलाई युद्ध अनुभव, युद्ध अनुभूति वा युद्ध स्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।”
टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्ध साहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।
कृतिकार राईले रहरै रहरमा पहिलो किताब लेखेको स्मरण गर्दै तर पछि गएर आफूजस्तै सैन्य तथा गैरसैन्य लेखक/साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्वअध्यक्षसमेत रहेका राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशन गरेको हो ।
राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मुर्रच्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्ध अनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा