काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ ।
टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ ।
टोली प्रमुख किण्डाले सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै आसन्न लगानी सम्मेलनमा विद्यमान चुनौतीहरूका सम्भावनाहरूलाई पहिल्याएको उहाँको भनाइ थियो ।
टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीसँग छलफल गरेको थियो । छलफलमा कोषका एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फलगायत सहभागी हुनुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?