
लण्डन । श्रीमतीको शल्यक्रियापछि उनलाई रेखदेख गर्न बिदामा बसेका राजकुमार विलियम बुधबारदेखि शाही जिम्मेवारीमा फर्केका छन् ।
पिता राजा चाल्र्समा क्यान्सर देखिएपछि उनी पूर्व निर्धारित समयभन्दा अगावै जिम्मेवारीमा फर्केका हुन् ।
राजा चाल्र्स सोमबारदेखि क्यान्सरको उपचारमा छन् । उनी लण्डनस्थित राजदरबारभन्दा बाहिर साण्ड्रिङघममा रहेका छन् । पिता एक्कासी क्यान्सर निदानका लागि लाग्नुपर्ने भएपछि विलियमले थप राजकीय जिम्मेवारी पाएका छन् ।
४१ वर्षीय राजकुमार विलियमले यसअघि आफ्नी पत्नी राजकुमारी केट र तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गर्नुभएको थियो ।
राजा स्वास्थ्य उपचारमा लाग्नुभएपछि उहाँको जिम्मेवारी राजकुमार विलियम, रानी कमिला, राजकुमारी एन र कान्छा भाइ एडवार्डले मिलेर सम्हाल्ने अपेक्षा गरिएको छ । माइला भाइ आन्ड्रयूलाई भने अमेरिकामा यौन शोषणको अभियोग लागेपछि शाही जिम्मेवारीबाट केहीवर्ष अघि नै अलग गरिएको छ ।
७५ वर्षीय राजा चाल्र्सलाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताइएको छैन, यद्यपि उनको प्रोस्टेटमा क्यान्सर नभएको प्रष्ट पारिएको छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक, प्रतिपक्षी दलका नेता सर किअर स्टामर लगायत बेलायती जनताले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा