
लन्डन । नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना गरेको छ ।
दोस्रो विश्व ध्यान दिवसको अवसरमा जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासले आइतबार ध्यान शिविर सञ्चालन गरेको हो । जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यास नै ध्यान भएको बताउनुभयो । उहाँले कामदार पठाउने मुलुकको रुपमा नेपालको पहिचान बनिरहेका बेला गुरुदेवद्वय एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भइरहेको जनाउनुभयो ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले तन र मन स्वस्थ र सन्तुलित राख्न र जीवनको अर्थ खोज्न योग र ध्यान अत्यावश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘दूतावासमा हामीहरु समयको चापकाबीच काम गरिरहेका हुन्छौं। त्यसैले शरीर र मन दुवैलाई सन्तुलनमा राख्नका लागि उपयोगी ध्यानका विधिहरु सिक्न हामी लालायित छौं ।’
जीवन विज्ञान यूकेका ट्रष्टीहरु प्रेम खड्का, तुलसी पौडेललगायत करिब ४० जना साधकहरु ध्यान सत्रमा सहभागी भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान