
पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको छ ।
मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव २०८० को सन्दर्भमा प्रबन्ध निर्देशक तमुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेगमगर र अध्यक्ष सरिता सारु मगरले तमुलाई फेटा, माला, प्रमाणपत्रले सम्मान गरे ।
त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ कास्कीले यस वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापामगर, सामाजिक अभियन्ता जुनु पुन मगर, सामाजिक अभियन्ता अनिता रानामगरलाई सम्मान गरेको छ ।
पूर्वगोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् ।
चार वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् । पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा