काठमाडौँ । प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई हालसालै दिन शुरु गरिएको गैरआवासीय नागरिकता लिएकाहरुले नेपाल जाँदा भिसा लगाउनुपर्ने छ ।
बीबीसी नेपाली सेवासित कुरा गर्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार गैरआवासीय नेपालीहरूले नेपाल आउने क्रममा अन्य विदेशी नागरिकहरूसरह भिसा लगाएर आउनुपर्ने बताएका छन् ।
उनले गैरआवासीय नेपाली नागरिकता लिनेहरु नेपाली राहदानीबाहक नभएका कारण भिसा लिनुपरेको बताएका छन् ।
“गैरआवासीय नागरिकता नेपालको नागरिकता त्याग गरिसकेपछि पाइने कुरा हो । उहाँहरू नेपालीराहदानी वाहक नहुने भएकाले नेपाल आउँदा अन्य विदेशी नागरिक सरह नै भिसा लगाएर आउनुपर्छ,” तामाङले भने ।
गैरआवासीय परिचयपत्र (एनआरएनए कार्ड) भएकाहरुका लागि भने भिसा नचाहिने तर गैरआवासीय नागरिकता भएकाहरुका लागि भने भिसा चाहिने भएको छ । महानिर्देशक तामाङ भन्छन्, “गैरआवासीय परिचयपत्र भएका तर गैर आवासीय नागरिकता नलिएका व्यक्तिहरूले मात्रै अध्यागमनमा छाप लगाएर नेपाल आउन पाउँछन् । तर गैरआवासीय नेपाली नागरिकता लिएकाहरूले भिसा शुल्क पनि तिर्नुपर्छ।”
भिसा लगाएर आउने अधिकांश गैरआवासीय नेपालीहरू नाताका आधारमा दिइने प्रवेशआज्ञाका आधारमा नेपाल आउने गरेका छन् ।
अध्यागमन विभागका अनुसार यस्तो भिसा लिनका लागि प्रतिमहिना १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ।
तर गैर आवासीय नेपाली परिचयपत्रका आधारमा नेपालको प्रवेशआज्ञाका लागि कुनै शुल्क नलाग्ने विभागले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने