
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त स्थानमा आज सम्पन्न मतदानमा सत्ता गठबन्धनका उम्मेदवार १८ स्थानमा र एक स्थानमा प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
सात वटै प्रदेशमा सम्पन्न मतदानको मतपरिणाम सार्वजनिक हुँदा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला सदस्यबाहेक अन्य स्थानमा गठबन्धनका उम्मेदवारले जितेका छन् ।
कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।
विकले तीन हजार आठ १७, मल्लले तीन हजार सात सय २२, रोकायले तीन हजार आठ सय ७० मतभार प्राप्त गर्नुभयो ।
यसैगरी, कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी हुनुभएको छ ।
सिटौलाले पाँच हजार दुई सय ९२ र कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गर्नुभयो ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा(माओवादी केन्द्र)की मनरुपा शर्मा र अपाङ्गता÷अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको हो ।
श्रेष्ठले कूल तीन हजार आठ सय आठ, शर्माले तीन हजार छ सय ६० र परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गर्नुभयो ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी छ हजार छ सय २२, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का घनश्याम रिजाल विश्वकर्मा छ हजार पाँच सय १२, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभार प्राप्त गरी विजयी हुुनुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गरी निर्वाचित हुनुभयो ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ ।
सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी हुनुभएको छ ।
बोहराले चार हजार तीन सय २८, भट्टले चार हजार चार सय १९ र चन्दले चार हजार चार सय ५३ मतभार पाउनुभयो ।
मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभएको हो ।
सात हजार तीन ७० र सात हजार नौ सय २३ मतभार प्राप्त गर्नुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]