
काठमाडौँ । पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ ।
आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औँ संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो । यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन् ।
निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताउनुभयो । “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले भन्नुभयो ।
उहाँले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखेता पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताउनुभयो ।
उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो । डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कर्मा शाक्यलगायतले अभिनय गर्नुभएको छ ।
निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उहाँको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।
आठ वर्षमा ४४ मस्यौदा (ड्राफ्ट) लेखेर चलचित्रलाई अन्तिम रुप दिइएको बताउँदै निर्देशक भामले दोस्रो चलचित्रमार्फत इतिहास बनाउनुभएको छ । यसले अन्य अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । यसको नेपाल प्रदर्शन तय गरिएको छैन ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय