
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो निर्वाचनपछि देखिएको विवादको छानविनका लागि परराष्ट्र मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
उपमहान्यायधिवक्ताको संयोजकत्वमा गठित सो समितिमा परराष्ट्र मन्त्रालय, प्रहरी र अर्थ मन्त्रालयका समेत प्रतिनिधि राखिएको छ ।
समितिमा परराष्ट्रबाट रीता धिताल, अर्थबाट हेमराज पौडेल र प्रहरीको विशेष जाँच ब्यूरो (सिबीआई) बाट दिनेश आचार्य रहेका छन् ।
यसअघि निर्वाचनमा भएको अनियमितताका बारेमा सिबीआईमा परेको उजुरीका बारेमा प्रहरीले निर्वाचन शुरुवातदेखि परिणाम घोषणासम्मको छानविन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सो प्रतिवेदनमा निर्वाचन स्वच्छ रुपमा सम्पन्न नभएको निस्कर्ष निकालिएको छ ।
प्रत्यक्ष र अनलाइन माध्यमबाट गरिएको पछिल्लो निर्वाचनमा एक उम्मेदवारको मत शून्य आएपछि एनआरएनमा विवाद सिर्जना भएको हो ।
निर्वाचनको परिणाम अस्वीकार गर्दै राजेन्द्रकुमार शर्माको अध्यक्षतामा समानान्तर समिति बनाइएको छ भने डा बद्रि केसीले आफूलाई वैधानिक अध्यक्ष दाबी गर्दै आएका छन् ।
सरकारले यसै विवादका कारण एनआरएनको दर्ता समेत नविकरण गरेको छैन ।
उता यसभन्दा अघिल्लो अधिवेसनबाट नै विनोद कुँवरको अध्यक्षतामा अर्को एनआरएन केन्द्रीय समिति गठन भई क्रियाशील रहेको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन