
पोखरा । बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो सोलार कम्पनी सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको थियो ।
करिब ५० जना सेयर सदस्यहरूको उपस्थिति रहेको साधारण सभालाई कम्पनीका सचिव राजेन पाठकले सन्चालन गरेका थिए । सन्चालकले उपस्थित सबैजनालाई आसन ग्रहण गराउँदै साधारण सभाबारे संक्षिप्तरुपमा प्रकाश पारेका थिए ।
वार्षिक साधारण सभालाई बुँदागत रुपमा अघि बढाउनुपूर्व सभाध्यक्ष मोहन गुरुङले विगत एक वर्षदेखिको कृयाकलापबारे प्रकाश पारेका थिए ।
यसैगरी, आर्थिक विवरणबारे कम्पनीका सिईओ एलएन पान्डेले हालसम्मको आर्थिक कारोबारलाई पावर प्वाईन्टको माध्यमबाट स्पष्ट विवरण खुलाएका थिए ।
यसैबीच कम्पनीको ठूलो सेयर होल्डर डोल्मा ईम्प्याक्ट फार्मको तर्फबाट कम्पनीका डाईरेक्टर विद्यावारिधि सिक्देलले डोल्मा ईम्प्याक्ट फार्मको लगानी र सोलार फार्म लिमिटेडलाई शुरुमा लगानी गरेको विवरण र अब पूर्णरुपमा कम्पनीको सबै सेयरहोल्डरसरह हिस्सेदार रहने बारे प्रष्ट पारेका थिए ।
छलफलका लागि प्रस्तुत बुँदाहरु सहज र मैत्रीपूर्ण वातावरणमा छलफल गरी निर्णय लिइएको थियो ।
अन्तमा सभाध्यक्षबाट सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरी सबैलाई एक एक वटा सल मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]