
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।
मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।
गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार