
दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–५ निवासी मोहनकुमार श्रेष्ठले भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेजमा पुगेर एक रात बिताउनुभयो । समुन्द्री सतहबाट करिब आठ सय मिटरमा रहेको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा एक रात बिताउँदा आनन्दको महसुस भएको उहाँ सुनाउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गबाट नजिक रहेको यो ठाउँ, यहाँबाट देखिने दृश्यले लोभ्यायो । कोलाहल वातावरणबाट मुक्त हुन एकपटक जानैपर्ने रहेछ लाफा भिलेज ।” व्यास नगरपालिका–२ निवासी अञ्जनकुमार श्रेष्ठलाई पनि यस ठाउँले लोभ्यायो । यहाँको हावापानी, देखिने दृश्यहरु राम्रो लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “परिवारसँगै आएर एक रात बिताउन पनि यो ठाउँ उपयुक्त लाग्यो ।”
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिछुर्लुङ गाउँ पुग्न सकिन्छ । मिछुर्लुङ गाउँसँगै रहेको मगर भिलेज रिसोर्ट यतिबेला आन्तरिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ ।
सोही ठाउँ निवासी पत्रकारसमेत रहनुभएका प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुन थालेको छ । उक्त भिलेजमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।
मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रका रुपमा विकास हुन थालेको सञ्चालक रानामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै मगर भिलेज रिसोर्ट सञ्चालनमा छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।” रानामगरका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।
रानामगरले भन्नुभयो, “मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्ला बाहिरबाट विद्यार्थी, सहकारी सङ्घसंस्था लगायतबाट सर्वसाधारण आउनुहुन्छ, यहाँको मनोरम दृश्य हेरेर मोहित भएर फर्किनुहुन्छ ।”
मगर भिलेज रिसोर्टमा रहेको घुमाउने र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । उहाँले भन्नुभयो, “आजभोलि घुमाउने घर कमैमात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घरअघि खुर्पेटो पनि छ । पर्यटक घुमाउने घर र खुर्पेटोमा तस्बिर खिचाउन लालयीत देखिनुहुन्छ ।”
लाफा भिलेजमा ढिँकीजाँतोजस्ता पुराना सामग्री राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको रानामगर बताउनुहुन्छ । यहाँ पुगेका पाहुनालाई अर्गानिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । भिलेजमा विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ ।
यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो ।
मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ ।
मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिछुर्लुङको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान