किसन राईले ल्याए “यो मन मेरो दोमन भो” (भिडियोसहित)

लण्डन । गोरखा सैनिक किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजनिक भएको छ ।
दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीत किसन राई अफिसियल युट्यूब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।
भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसन राईको अभिनय छ ।
पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ ।
गायक राई बेलायत (गोर्खा) सेनामा बिगत लामो समयदेखि सेवारत छन् । उनको पहिलो गीति एल्बम जून सन् २००४ मा बजारमा आएको थियो ।
बेलायतमा बिभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजनाका साथै सामाजिक काममा अभियन्ताको रूपमा चिनिएका राई अब गायकको रुपमा पनि उदाएका छन् ।

पूरा भिडियो हेर्न तलको लिंक क्लीक गर्नुहोस्

https://www.youtube.com/watch?v=BdpuFdhhxzI

प्रतिक्रिया

सम्बन्धित सामाग्री