
काठमाडौँ । समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको आज सम्पन्न चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै लैजाने निर्णय गरेको हो ।
अध्यक्ष भट्टराईको संयोजकत्व गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहने सो पार्टीले जनाएको छ ।
सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पु¥याउने र सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको सो पार्टीले जनाएको छ ।
त्यसैगरी मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनःस्थापनाका लागि सरकारलाई अनुरोध गरेको सो पार्टीले जनाएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने