
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।
“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उहाँले भन्नुभयो । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनुहुनेछ । उहाँले भन्नुभयो, “एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।”
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने