
काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
पाण्डेले दिनुभएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पाण्डेमाथि उमेर ढाँटेको आरोप लागेको थियो । भावी प्रधानसेनापतिका दाबेदार पाण्डेको बढुवाको समाचार सँगसँगै उनले उमेर ढाँटेको आरोप चर्किएको थियो । अख्तियार तथा सेना आफैँले पनि छानविन गर्ने भएपछि पाण्डेले राजिनामा दिएका हुन् ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार