
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सहमति एवं शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जानकारी दिनुभयो ।
विगत केही दिनदेखि निरन्तररूपमा सामाजिक सञ्जालबाट भइरहेका गलत प्रचारप्रसारलाई नियन्त्रण एवं नियमन गर्दै लोकतान्त्रिक अधिकार सुरक्षित गर्ने विषयमा पनि राजनीतिक दलहरू सहमत भएका उपाध्यक्ष भुसालले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतन्त्रप्रति सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सबै दलहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका नेताको सहभागिता रहेको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने