
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सहमति एवं शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जानकारी दिनुभयो ।
विगत केही दिनदेखि निरन्तररूपमा सामाजिक सञ्जालबाट भइरहेका गलत प्रचारप्रसारलाई नियन्त्रण एवं नियमन गर्दै लोकतान्त्रिक अधिकार सुरक्षित गर्ने विषयमा पनि राजनीतिक दलहरू सहमत भएका उपाध्यक्ष भुसालले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतन्त्रप्रति सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सबै दलहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका नेताको सहभागिता रहेको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान